एजेन्सी । युरोपको सबै भन्दा ठुलो क्लब फुटब प्रतियोगिता यूइएफए च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब चेल्सी सँगको खेलका लागि स्पेसिन ला लिगा फुटबल क्लब रियल मड्रिडले आफ्नो टोलीको घोषणा गरेको छ ।
मङ्गलबार रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले नियमित कप्तान सर्जियो रामोसको कप्तानीमा २३ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।
रियलले भोली बुधबार राति चेल्सीसँगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेल खेल्दैछ । चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा हुने यो खेल बुधबार राति १२ः४५ बजे हुनेछ ।
यस अघिल्लो लेगको खेलमा रियल घरेलु मैदानमा १–१ गोलको बराबरीमा सकिएका कारण यस खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । पुनः बराबरी भएको खण्डमा अवे गोलका आधारमा उपाधि नजिक पुग्ने टोलीको टुङ्गो लाग्नेछ । हालसम्म सर्वाधिक १३औ पटकको विजेता रियल चौधौं उपाधिको अभियानमा रहेको छ ।
चेल्सीसँगको खेलका लागि मुख्य प्रशिक्षक जिदानेले कप्तान सर्जियो रामोस, फर्लान मेन्डी, मार्सेलो र फेडे भाल्भेर्डेलाई समेटेका छन् । त्यसबाहेक इडेन हाजार्ड, करिम बेन्जेमा, मार्को एसेन्सियो, भिनिसियस जुनियर, क्यासेमिरो, टोनी क्रुसलगायत खेलाडी समावेश छन् । त्यस्तै टोलीका डिफेन्स राफयल भारान भने चोटको कारण बाहिरिएका छन् ।
यस्तो छ रियलको २३ सदस्य टोली
