बारा । बारामा सिमेन्ट बोकेको ट्रकमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । हेटौडाबाट सिम्रौनगढ तर्फ आउँदै गरेको सिमेन्ट बोकेको ना.४ ख. ९५९८ नम्बरको ट्रकमा आगलागी भएको हो ।
आगलागीबाट करिब २ लाख ५६ हजार मूल्यको सिमेन्ट ४ सय २० बोरा र १५ लाख ४४ हजार रुपैयाँको ट्रकमा क्षति पुगेको छ । बाराको कोल्हवी नगरपालिका वडा नं. ४ स्थित तामागढी कोल्हबी सडक खण्डमा बिहान ९ बजे ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ।
इलाका प्रहरी कार्यालय निजगढ, अस्थायी प्रहरी पोष्ट झुरझुरबाट ११ जना प्रहरी टोली र दुई वटा दमकलको सहयोगमा पौने १० बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।