पुस २१, २०७९ बिहिबार

काठमाडौंः जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा प्रवाहलाई व्यवस्थित गर्न  ‘टाइम काड’ लागू गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भोलि (बिहीबार) देखि लागू हुने गरी १० किसिमका सेवामा  ‘टाइम काड’ लागू गरिएको जानकारी दिए। 

 ‘टाइम काड’ लागू भएपछि सेवाग्राहीले आवश्यक कागजात पूरा गरे तोकिएको निश्चित समयभित्र सेवा पाउने उनको भनाइ छ । 

कागजात पुगेको अवस्थामा नागरिकता बनाउन एक घन्टा,संस्था नवीकरण गर्न ३० मिनेट, नाबालक परिचय पत्र, प्रशासनबाट प्रदान हुने अरु सबै सिफारिसतका लागि एक घन्टा मात्रै समय लागग्ने उनले बताए। 

उनका अनुसार राहदानी छपाइ भएर आइसकेपछि लिन र मुद्दा सम्बन्धी पेशी तोक्ने र तारेख दिने कामका लागि ३० मिनेट छुट्टयाइएको छ । भने प्रमुख जिल्ला अधिकारीले गर्ने फैसला ६० दिनभित्र गरिसक्ने बताइएको छ ।