बैशाख २१, २०७८ मंगलबार

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगितामा काठमाडौं रेजर्स विजयी भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा काठमाडौं रेजर्सले बुटवल लुम्बिनी एफसीमाथि १-० गोलको कठिन जित निकालेको हो । काठमाडौंको जितमा स्टेफेन बिनोङले गोल गरे । जारी खेलको ५औ मिनेटमा स्टेफेनले गोल गरी पहिलो हाफ भरी १-० गोलको अग्रता दिलाएका थिए । साथै उनले गरेको एक मात्रै गोल नै काठमाडौंको जितमा निणर्यक बन्यो । खेलमा दुवै टोलीले निकै राम्रो अवसर सिर्जना गरे ता पनि थप गोल भने गर्न सकेनन्  । 

उक्त जित सँगै काठमानडौं अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको ४ खेलबाट ७ अंक पुगेको छ । यता पराजित बुटवलको भने ४ खेलबाट ५ अंकसहित चौथौं स्थानमा झरेको छ ।