काठमाडौं । सन्राइज बैंक लिमिटेडका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलले विशेष छुट दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिने क्रममा स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौको पुरानो वानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलसंग सम्झौता गरेको हो ।
सन्राइज बैंक लिमिटेड तथा फ्रन्टलाइन हस्पिटलका बिच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकहरुले यस बैंकको क्रेडिट, डेबिट कार्ड वा मोवाइल बैंकिङ्गमार्फत फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवा तथा उपचार सुविधामा छुट लिन सक्नेछन् ।
बैंकका ग्राहकहरुले फ्रन्टलाइन हस्पिटलको अोपिडि सेवाहरु र बेड शुल्कमा १३ प्रतिशत, ओपिडि फार्मेसीमा ७ प्रतिशत र शल्यक्रिया सेवा शुल्कमा ५ प्रतिशत छुट पाउन सक्ने जनाइएको छ । सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख श्री विवेक निरौला र अस्पतालका चिफ अपरेटिङ्ग अफिसर श्री सुरेश कुमार मनोहरनले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
उक्त सम्झौता पश्चात, फ्रन्टलाइन हस्पिटलका डाक्टरले बैंकका कर्मचारीहरुलाई मधुमेह सम्बन्धी सचेतना र कर्मचारीको सामान्य परीक्षण गराउनु भएको थियो ।