फागुन ११, २०७७ मंगलबार


काठमाण्डौ।
सञ्चारकर्मी रवि लामिछाने समेत प्रबन्धकरहने गरी ग्यालेक्सी टिभी घोषणा भएको छ ।गोर्खा मिडिया नेटवर्कले मंगलवार राजधानीमा कार्यक्रम गरी नयाँ टेलिभिजन ल्याउन लागेको घोषणा गरेको हो ।टिभी 4k क्यालिटीको हुने कार्यक्रममा सञ्चारकर्मी लामिछानेले जानकारी दिए ।

टेलिभिजनको अध्यक्ष जीबी राई छन् ।लामिछानेले केही समयअघि मात्र न्यूज २४ टेलिभिजन छाडेका थिए ।

उक्त टेलिभिजनमा लामिछानेले चलाएको सिधा कुरा जनतासँग कार्यक्रम निकै चर्चित बनेको थियो