सागर अधिकारी/काठमाण्डौ
नेपाली विभिन्न उमेर समुहको प्रतिनिधित्व गरिसकेका हाल अस्ट्रेलियामा बसोबास गर्ने क्रिकेटर हुन् सुनम गौतम । खेलाडीको रुपमा त्यहाको स्थायी आवासिय स्विकृती पाउने सुनम गौतम पहिलो नेपाली हुन्। नेपालमा रहदा यु १७ यु १९ का विभिन्न प्रतियोगिता खेलेका गौतमले अहिले अस्ट्रेलियन प्रिमियर लिग खेल्दै छन् जुन बिग बास लिग भन्दा एक श्रेणि तलको प्रतियोगिता हो।
२०४६ मा काठमाण्डौको मध्यम वर्गिय परिवारमा जन्मिएका गौतमलाई सुरुका दिनबाट नै क्रिकेटमा लाग्न परिवारको साथ मिलेको नै थियो।
सन् २००९ तिर बेलायती चर्चित र पुरानो क्रिकेट क्लब एमसिसि नेपाल भ्रमणमा आउदा गौतमले राष्ट्रिय टिमको पनि प्रतिनिधित्व गरेका थिए।हाल अस्ट्रेलिया रहेका गौतम नेपाली राष्ट्रिय टिमबाट खेल्ने ठुलो धोकोमा छन् तर नेपालको अहिलेको व्यवस्थाले त्यसलाई दुरको बिषय बनाएको सुनाम बताउछन्।अस्ट्रेलिया आउनु र यहाॅंको स्थायी आवासिय स्विकृति पाउनु नै मेरा लागि गौरबको विषय रह्यो।“ अरुले अस्ट्रेलियाको भिसाका लागि पटक पटक आवेदन दिदा पनि अस्विकृत भएको देख्दै गर्दा म चै एकै पटकमा स्विकृतमा परे”नेपालमा क्रिकेटमा भविष्य नदेखेर आफु अस्ट्रेलिया नआएको उनी बताउछन्।
यु१७ यु१९ खेल्दाका साथीहरुलाई आज नेपाली राष्ट्रिय टिममा रहेको देख्दा र उनीहरुले विश्व रेकर्ड राखेको सुन्दै र हेर्दै गर्दा सुनम प्रर्फुलित हुदै भन्छन् “नेपाली टिमले खेल्न बोलाए म सधै तयार नै छु। कयौ देशले बिदेशीलाई लगेर क्रिकेट खेलाएको उदाहरण हामीसॅंग कयौं छन् म त नेपालमा जन्मिएको व्यक्ति यो त मेरो कर्म भुमी हो। जन्म भुमि नेपालको राष्ट्रिय टिमबाट मलाई खेल्न बोलाए म हर्दम तयार छु। यता पनि म निरन्तर क्रिकेटमा नै छु।”सन्दिप लामिछानेले बिदेशि खेलाडिसॅंग निरन्तर खेल्दा टिम नेपालमा धेरै सहयोग पुगेको भन्दै सुनम भन्छन् “म पनि यता विदेशि खेलाडिसॅंग निरन्तर क्रिकेट खेलिरहेके छु यसको फाईदा टिम नेपालले लिगोस् भन्ने चाह छ”
नेपाली क्रिकेटलाई नजिकबाट नियालि रहेका गौतमका लागि नजिकका नेपाली क्रिकेटरमा पारस खड्का,सुवास खकुरेल,शरद भेषवाकर पर्छन्।
सिपिएल तथा बिबिएल खेल्ने योजना सुनाउदै सुनम बताउछन् “बिबिएलबाट धेरै टाढा छैन तर कहिले खेल्छु मेरो मिहेनतमा नै भर पर्छ।”
नेपालमा हुने लिगमा पनि खेल्ने चाह उनमा छ तर समय नमिलिरहेको गौतम बताउछन्। गएको सिजनमा पिपिएलमा आउने कुरा अन्तिम चरणमा पुगेको थियो यताको क्रिकेट छोड्नै नमिल्ने स्थिति परि आयो। गत मार्चमा ईपिएलमा कुनै टिमको प्रस्ताव आएको थियो भने आउनेमा थिए कोरोनाको कारण प्रतियोगिता नै सर्यो।नेपालको घरेलु प्रतियोगितामा आफ्नो स्तर देखाएर नेपाली टिमबाट खेल्ने धोकोमा उनी छन्। “म गफ दिएर मात्र नेपाली टिममा खेल्छु भनिरहेको छैन मसॅंग त्यो क्षमता रहेर भनि रहेको छु। त्यो क्षमता म नेपालका घरेलु लिगहरुमा देखाउन चाहन्छु।”
मेरो सपना त बिबिएल खेल्ने नै छ तर यस्ता सपना देख्ने यहा कैयन छन् त्यो भिडमा आफुले अब्बल बन्न धेरै मेहनत गर्नु पर्ने देखिन्छ।बिबिएलमा पुग्न आफु एक पाईला तल रहेको उनी बताउछन् “यसमा अब्बल प्रदर्शन गरे भने बिबिएलमा पुग्छु” उनलाई जति बिबिएलबाट नजिक छु भन्ने लाग्छ त्यो भन्दा कयौ गुणा आफुले मेहेनत गर्नु पर्ने पर्याप्त जानकारी छ।
अस्ट्रेलियामा क्रिकेटरको रुपमा सुविधा जनक जीवनयापन गरि रहेका गौतमलाई यसै कारण आफुले नेपाली राष्ट्रिय टोलीमा अवसर नपाउदा चै नरमाईलो लाग्छ।