बैशाख २२, २०७८ बुधबार

एजेन्सी । पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्हो इटालियन क्लब एसस रोमाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । 

केही साताअघि मात्रै उनी इंग्लिस क्लब टोटेनहम हटस्परबाट बर्खास्तीमा परेका थिए ।गत १९ अप्रिलमा टोटेनहमले १७ महिनामै प्रशिक्षक मौरिन्होलाई बर्खास्त गरेको थियो । त्यसको तीन सातापछि नै मौरिन्हो सिरी ‘ए’ क्लब रोमाको प्रशिक्षक बनेका हुन् ।

रोमाले मङ्गलबार मौरिन्होलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको छ । उनले रोमासँग तीन वर्षको सम्झौता गरेका छन् । रोमाले पाउलो फोन्सेकाको स्थानमा मौरिन्होलाई मुख्य प्रशिक्षक चयन गरेको हो । अब उनले नयाँ सिजनबाट रोमाको प्रशिक्षण सम्हाल्नेछन् ।

पाउलोले यस सिजनको अन्त्यसँगै रोमा छाड्ने घोषणा गरेका थिए । ५८ वर्षीय मौरिन्होलाई नोभेम्बर २०१९ मा टोटनह्यामले मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै प्रशिक्षक बनाएको थियो ।