काठमाडौं । प्रभु इन्सुरेन्सले ७.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस २४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को नाफाबाट ६.७०५ बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साथै, कर प्रयोजनको लागि ०.३५५ नगद लाभांश पनि वितरण गर्ने भएको होे ।
नेपाल बीमा प्राधिकरण स्वीकृति तथा आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गर्ने कम्पनीले जनाएको छ ।