बैशाख २२, २०७८ बुधबार

गत अप्रिल महिनाका उत्कृष्ट क्रिकेटर घोषणा गरिएको मनोनयनमा नेपालका कुशल भुर्तेल पनि चयन भएका छन्। बैशाखको सुरुमा नेदरल्याण्ड,मलेसिया र नेपाल सम्मिलित टिट्वान्टी शृखंलीमा डेब्यु गर्दै किर्तिमानी चार अर्धशतक बनाएका उनी आईसिसिको यस मनोनयनमा पर्न सफल भएका हुन्। यसका लागि तल दिईएको लिकं मार्फत भोटिङ गर्न सकिन्छ। 

https://www.icc-cricket.com/awards/player-of-the-month/mens-player-of-the-month?sf143232838=1&fbclid=IwAR1RNU2Jnd1z1rZUPjUnlS0kCVMW0NzbsDkyXCxlMzy2NbrdUXRBl3tuTuA

कुशलसँगै मनोनयनमा पर्ने पाकिस्तानी क्रिकेटर फकर जमान र बाबर अजाम रहेका छन । फकरले तीन एकदिवसिय सिरिजमा दुई शतकसहित तीन सय दुई रन बनाएका थिए । जसमा उनले एक खेलमा एक सय ९३ रनको पारी खेलेका थिए ।

यस्तै अर्का खेलाडी पाकिस्तानी कप्तान बाबर अजाम छन । उनले पनि एकदिवसीय सिरिजमा एक शतकसहित कुल दुई सय २८ रन बनाएका थिए । यसका साथै उनले एकदिवसीय विश्व बरियतामा पनि विराट कोहलीलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएका छन ।