भारतमा कोरोनाको संक्रमण बढ्दै गएको भन्दै नेपाल–भारतको धनुषा जिल्लासँग जोडिएका सबै सिमानाका शील गरिएको छ ।
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा नियन्त्रणका लागि धनुषाका सबै सीमा शील गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । धनुषासँग जोडिएका जटही, इनर्वा, खजुरीसहितका सबै नाका शील गरेर आवतजावत पूर्ण रुपमा रोक लगाइएको उहाँले जानकारी दिए ।
नेपाल सरकारको मन्त्रिपरिषद्को आइतबार गरेको निर्णयमा धनुषा जिल्लाका कुनै पनि नाका नखुलेको उल्लेख रहेको छ । धनुषा जिल्लाको कुनै नाका नपरेकोले जिल्लाका नाकाबाट भारततर्फ आवतजावत गर्न निषेध गरेको प्रमुख जिल्ला अधिकारीले आज जारी गरेको सूचनामा उल्लेख रहेको छ ।
सीमा नाका शील गरेसँगै सिमाना क्षेत्रमा भारी सङ्ख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेर निगरानी बढाउने काम भएको छ ।