पुस २८, २०७९ बिहिबार

काठमाडौँ – लक्ष्मी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५१ करोड रुपौयाँ खुद मुनाफा आर्जन गरेको छ।

बैंकको आज बिहीबार काठमाडौँमा सम्पन्न बाइसौँ वार्षिक साधारणसभाले उक्त खुद नाफा आर्जन गरेको जानकारी गराएको हो।

साथै, साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ।

यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्तिसमेत गरेको छ।

आर्थिक वर्ष २०७८/७९ मा रु १३९ अर्ब निक्षेप र रु १३२ अर्ब कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार रु १७३ अर्ब रहेको छ।