पुस २९, २०७९ शुक्रबार

काठमाडौँ – साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो।

यता, शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ।

बिहीबार चाँदीको भाउ १३ सय ६० रुपैयाँ कायम रहेको थियो।