बैशाख २३, २०७८ बिहिबार

काठमाण्डौ।  नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फर्किन तयार रहन निर्देशन दिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश पाएका स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन जारी गरेको हो ।