बैशाख २४, २०७८ शुक्रबार

काठमाण्डौमा जारी  नेपाल सुपर लिग(एनएसएल)मा लिगको पुछारका दुई टिम पोखरा थन्डर्स र एफसी चितवनविच आज साझ खेल हुदैछ  ।

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बाट सुरु हुनेछ । आज दुबै टिमका लागि अर्को चरणका लागि यस खेल गर या मरको रहेको छ ।

दुवै टोलीलाई जितको विकल्प नरहे पनि जित पछि पनि अरु टोलीको नतिजामा भर पर्नु पर्ने हुन्छ ।

अहिलेसम्म पोखरा पाँच खेलमा एक जित दुई बराबरी र दुई हारका साथ पाँच अंकका साथ छैटौं स्थानमा छ भने चितवन चार खेलमा जितविहिन हुँदै मात्र दुई अंकका साथ लिगको पुछारमा छ ।