बैशाख २४, २०७८ शुक्रबार

नेपालले सहभागीता जनाउने सन् २०२३ मा हुने महिला टि ट्वान्टी विश्वकपको क्षेत्रीय छनोट प्रतियोगिताको मिति तय भएको छ ।मलेसियामा आयोजना हुने सो प्रतियोगिता आगामी नोभेम्बर २२ देखि २८ सम्म हुनेछ ।

नेपालसँगै भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र यूएईको सहभागिता हुने प्रतियोगिताको शिर्ष स्थानमा रहने टिमले दोस्रो चरणको लागि छनोट हुनेछन्।

दोस्रो चरणबाट  शिर्ष २ मा रहने टोलीले दक्षिण अफ्रिकामा हुने महिला टी २० विश्वकपमा स्थान बनाउनेछ ।

महिला टी २० विश्वकप २०२३ को फेब्रेुअरीमा हुनेछ । प्रतियोगितामा १० टोलीले सहभागिता जनाउनेछन ।