बैशाख २४, २०७८ शुक्रबार

 

काठमाडौं । सन २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप र एएफसी एसियन कप २०२३ को छनौट खेलतर्फ नेपालले खेल्न बाँकी रहेको ३ खेल र १ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । जसमा फिफा विश्वकप छनोट प्रतियोगितातर्फ समूह बी मा रहेको नेपालले अष्ट्रेलिया , चाइनिज ताइपेई र जोर्डनसँग खेल्नेछ भने एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल इराकसँग खेल्ने कार्यक्रम रहेको छ । 

खासगरी ती फिफा विश्वकप छनोटका खेलहरु नेपालको घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मै हुने पक्कापक्की भएको थियो । तर हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण एएफसीले सो खेलहरु तटस्थ मैदानमा खेलाउने निर्णय गरेको थियो । 

जस अन्तर्गत एएफसीले घोषणा गरेअनुसार नेपालले आफ्ना बाँकी खेलहरु कुवेतको राजधानी कुवेत सिटीमा रहेको अल कुवेत स्पोर्टस क्लबमा हुने तय भएको छ ।  

त्यस्तै नेपालले एक मैत्रीपूर्ण खेल २९ मेका दिन एसियन महारथी इराकसँग उसैको मैदानमा अन्तराष्ट्रिय मैत्रीपुर्ण म्याच खेल्ने तालिका रहेको छ । त्यस खेल पछि नेपाली टोली कुवेततर्फ प्रस्थान गर्ने बताइएको छ ।


नेपालले खेल्ने पहिलो फिफा विश्वकप छनोटको खेलहरु:

-  पहिलो खेल

जुन ३ तारिखमा चाइनिज ताइपेईसँग खेल्नेछ । यो खेल कुवेतको राजधानी कुवेत सिटीमा रहेको अल कुवेत स्पोर्टस क्लबमा हुनेछ।

-दोस्रो खेल 


फिफा विश्वकप छनोटको बाँकी दोस्रो खेल नेपालले जुन ७ मा जोर्डनसँग खेल्नेछ । यो खेल पनि कुवेतको राजधानी कुवेत सिटीमा रहेको अल कुवेत स्पोर्ट्स क्लबमा हुनेछ ।

-तेस्रो तथा अन्तिम खेल 


फिफा विश्वकप छनोट अन्तर्गत बाँकी अन्तिम खेलमा नेपालले ११ जुनमा अष्ट्रेलियासँग खेल्ने तालिका रहेको छ । यो खेल पनि कुवेको राजधानी कुवेत सिटीमा रहेको अल कुवेत स्पोर्ट्स क्लबमा हुनेछ । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) को कारण अहिले नेपाली खेलकुद ठप्प जस्तै छ । जसमा राजधानीमा जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिगको घरेलु फुटबल भने सुरक्षित मापदण्डको पालना गरी संञ्चालन भइरहेको छ । जस्को कारण पनि खेलाडी र खेल प्रेमीमा केही राहत मिलेको छ । सरकारले जारी गरेको निषेधाज्ञा र विना दर्शक रंगशालामा सञ्चालन भइरहेको छ ।