बैशाख २५, २०७८ शनिबार

कोभिड १९ को महामारीका बीच भर्चुअप माध्यमबाट विभिन्न देशमा सम्पन्न कराँते च्याम्पियनसिपमा नेपालका पवित्र भण्डारीले उल्लेख्य सफलता हासिल गरेका छन् । भारतमा सम्पन्न मास्टर क्याटेगोरीको च्याम्पियनसिपमा उनले स्वर्ण पदक हात पारे ।

गत अप्रिलमा भारतमा सम्पन्न पहिलो 'विश्व शोतोकान कराँते इ-काता च्याप्मियससिप २०२१'मा उनले गोल्ड मेडल नेपालको पक्षमा पार्न सफल भएका थिए । सोहि प्रतियोगितामा पुरुष तर्फको भेट्रान ब्ल्याक बेल्ड ४६ देखि ५० बर्ष उमेर समुहमा उनले सिल्भर मेडल समेत जितेका थिए । यो प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, ब्राजिल, फ्रान्स, रसिया लगायत विभिन्न १२ देशको सहभागिता थियो । No description available.

यस्तै फिलिपिन्समा सम्पन्न 'एनुअल हाकुआकाइ इन्टरनेशनल च्याम्पियनसिप'मा उनले नेपालको लागी काँश्य पदक दिलाउन सफल भए । सोहि महिनामा ब्राजिलमा सम्पन्न डब्ल्यूकेटी इन्टरनेशनल भर्जुअल काता च्याम्पियनसिप २०२१ मा पनि उनले नेपालको लागी काँश्य पदक दिलाउन सफल रहे । ३० वर्ष लामो समयदेखि कराँते खेलमा जोडिएका भण्डारीले पछिल्लो समय युएइमा रहेर विभिन्न देशमा आयोजना हुने प्रतियोगिताहरुमा सहभागिता जनाउँदै नेपालको प्रतिनिधित्व गर्दै आइरहेका छन् ।

कोरोना महामारीपछि भर्चुअल विधिबाट विभिन्न देशका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना हुँदै गर्दा उनले चन्द्र सुर्य अंकित झण्डामुनि रहेर देशको नामलाई गर्विलो बनाउँदै लगिरहेका छन् ।