बैशाख २५, २०७८ शनिबार

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिगमा ललितपुर सिटी एफसी विजयी भएको छ । 

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्र खेलमा विराटनगर सिटी एफीमाथि ४-० गोलको शानदार जित निकाल्दै प्लेअफमा पुगेको हो । ललितपुरको जितमा कप्तान अन्जन बिष्टले २, बिमल राना र नुर्लान नोभ्रुजोभ जाहिदले समान १ /१ गोल गरे । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको ललितपुरले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भयो । उक्त जित सँगै ललितपुल तेस्रो स्थानमा उक्लदै प्ले अफमा प्रवेश  गरेको छ ।

६ खेलबाट ९ अंक जोडेको ललितपुर प्ले अफमा प्रवेश गर्दा विराटनगर भने ६ खेलमा ७ अंक जोड्यो । विराटनगर पाँचौं स्थानमा रहेको छ ।