बैशाख २५, २०७८ शनिबार

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज राती उपाधि होडमा रहेको एथ्लेटिको मड्रिड र बार्सिलोनाबीच रोमाञ्चक भिडन्त हुदैछ । 

नेपाली समय अनुसार आज राती यी दुई टोलीबीचको खेल ८ बजेबाट बार्सिलोनाको घरेलु मैदानमा हुनेछ । आजको खेलमा घरेलु टोली बार्सिलोना सहज जित निकाल्दै शीर्ष स्थानमा रहेर उपाधि जित्ने अभियानमा हुनेछ । त्यस्तै यता पाहुना टोली एथ्लेटिको भने घरेलु टोलीमाथि दबाब दिदै खेल आफ्नो पक्षमा पार्न योजनामा रहेको छ । यस अघि पहिलो लेगमा एथ्लेटिकोले बार्सिलोनालाई १-० गोलले पराजित गरेको थियो । जारी सिजन ३४ खेलबाट ७६ अंक रहेको एथ्लेटिको शीष स्थानमा रहेको छ । भने समान खेलबाट समान ७४ /७४ अंक रहेको रियल र बार्सिलोना क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन । 

आजको खेलमा एथ्लेटिको विजयी भएमा जारी सिजनको उपाधि नजिक पुग्नेछ । भने यता घरेलु टोली बार्सिलोना विजयी भएमा शीर्ष स्थानमा उक्लदै उपाधि होड थप रोचक बन्रे छ । यदि यो खेल बराबरी अबस्थानमा सकियो भने यस फाइदा दोस्रो स्थानको रियललाई फइदा पुग्नेछ , त्यस्तै आजको खेलमा बार्सिलोनाका पूर्व खेलाडी लुइस स्वारेज पहिलो पटक आफ्नो पूर्व क्लब सँग क्याप नाउमा उत्रिदै छन् ।

गत सिजन बार्सिलोना छाडेर एथ्लेटिको मड्रिड गएका स्वारेज आज पूर्व क्लबका विरुद्ध मैदान उत्रदैछन् ।

मेस्सी र स्वारेज ला लिगाको उपाधि होड निर्णयक अवस्थामा पुगेको बेला आमनेसामने हुँदैछन् । आजको खेलमा जित निकाल्ने टोली उपाधि दाबेदार हुनेछ ।

पछिल्लो ५ खेलमा को बलियो 
पछिल्लो ५ खेलको नतिजा हेर्न हो भने दुवै टोलीले २/२ जित र १ खेल बराबरी खेलेका छन । कुल १३ गोल भएको ५ खेलमा बार्सिलोनाले ७ गोल गरेको छ भने, एथ्लेटिकोले ६ गोल गर्न सफल भएको छ ।