बैशाख २५, २०७८ शनिबार

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग फ्रेन्चाइज फुटबल प्रतियोगितामा बुटवल लुम्बिनी एफसी विजयी भएको छ ।

शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढी एफसीलाई १-० गोलले पराजित गर्दै बुटवल प्ले अफमा प्रवेश गरेको हो ।

बुटवल जितमा सुमन लामाले निर्णयक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ८०औं मिनेटमा सुमन लामाले गोल गरि बुटवललाई प्ले अफमा पुर्याउन सफल भए ।

उक्त जित सँगै बुटवल ६ खेलबाट ८ अंक बनाउदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । यता पराजित धनगढी भने यश अघि नै प्ले अफमा प्रवेश गरि सकेको छ ।

यस्तै प्रतियोगितामा बुटवल , धनगढी, काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीले प्ले अफमा स्थान बनाएका छन् ।