बैशाख २५, २०७८ शनिबार

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधिको होडमा रहेको दुई ठुला टोली बार्सिलोना र एथ्लेटिको मड्रिडबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

केहि बेर अघि सम्पन्न खेलमा घरेलु टोली बार्सिोलोना र एथ्लेटिको मड्रिड गोलरहित बराबरीमा रोकिएको हो ।

खेलमा दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि उक्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । 

उक्त बराबरी सँगै शीर्ष स्थानको एथ्लेटिको मड्रिडले शीर्ष स्थानमा स्पष्ट २ अंकको अग्रता बनाएको छ भने उसले उपाधि यात्र अझै कायम रहेको छ । यता घरेलु टोली बार्सिलोनाको उपाधि अभियानमा भने ठूलो धक्का लागेको छ । 

३५ खेलबाट ७७ अंक बनाएको एथ्लेटिको शीर्ष स्थान र समान खेलबाट ७५ अंक बनाएको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । यता तेस्रो स्थानमा रहेको रियलले ७४ अंक छ । स्मरण रहोस् रियलले यी दुई टोलीले भन्दा एक खेल कम खेलेको छ ।

रियलले भोलि राति सेभिल्ला सँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ,यदि उक्त खेलमा रियल विजयी भए ला लिगाको शीर्ष स्थानमा उक्लदै जारी सिजनको लिगको उपाधि नजिक पुग्नेछ ।