माघ ९, २०७९ सोमबार

काठमाण्डौ: सुन चाँदीको भाउ आज फेरि बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ आज १ लाख ५ हजार ३ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउभन्दा तोलामा तीन सय रुपैयाँले धेरै हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपाली बजारमा पनि महँगिएको महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।