चिनियाँ रकेटको अनियन्त्रित भाग हिन्द महासागरमा अवतरण भएको छ ।
बेइजिङको समयानुसार आइतबार १ बजेर २४ मिनेटमा चिनियाँ रकेट लङ मार्च ५ बीको मा वायुमण्डलमा प्रवेश गरेको थियो । रकेटको सो भाग माल्दिभ्सको पश्चिमतर्फ महासागरमा खसेको जनाइएको छ । यु एस स्पेस कमान्डले अरबी पेनेन्सुलामा रकेटको पुनः प्रवेश पुष्टि गरे पनि बाँकी रहेको भागले भूमि वा पानीमा पारेको असरको विषय अज्ञात छ ।
५ बी संस्करणको दोस्रो परिमार्जन लङ मार्च सन् २०२० को मेमा पहिलो उडान भरेको थियो । गत वर्ष पहिलो लङ मार्च बीका टुक्राहरू आइभरीकोस्टमा खसेको थियो जसले थुप्रै भवनलाई क्षति पुर्याए पनि त्यसमा कुनै मानिस घाइते भएको जनाइएको छैन ।
चिनियाँ रकेटको सो भाग वायुमण्डलमा पुनः प्रवेश गर्नुअघि कुनै देश वा मानव बस्तीमा खस्ने चिन्ता व्यक्त गरिएको थियो । तर, अन्तरिक्ष विज्ञहरूका अनुसार उक्त टुक्राले कसैलाई पनि चोट पुर्याउने सम्भावना एकदम कम थियो । पृथ्वीको सतहको धेरै भाग समुद्रले ओगटेको र विशाल भूमि क्षेत्रहरूमा मानिसको बसोबास नभएका कारण जोखिम कम रहेको बताइएको थियो ।