बैशाख २६, २०७८ आइतबार

एजेन्सी । इटालियन सिरी ए फुटबलमा आज राति साविको विजेता युभेन्टसले एसी मिलानको सामना गदैं छ । 

नेपाली समय अनुसार आज राति हुने यी दुई टोलीबीचको खेल १२ः३० बजे युभेन्टसको घरेलु मैदानमा हुनेछ । जारी सिजन २०२०/२१ को उपाधि यस अघि नै इन्टर मिलानले जितिसकेको कारण आजको खेल विजेता टोली दोस्रो स्थानमा उक्लने अवसर समेत रहेको छ । जारी सिजन समान ३४ खेलबाट समान ६९ अंक बनाएको युभेन्टस र मिलान क्रमश चौथो र पाँचौं स्थानमा रहेको छ । 

यस अघिको पहिलो लेगमा युभेन्टसले मिलानलाई उसैको मैदानमा ३-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै युभेन्टस आजको खेलमा पनि उक्त कार्यलाई निरन्तरता दिने योजनामा रहेको छ ।