काठमाडौं । राजधानीमा जारी पहिलो संस्करण खुकुरी नेपाल सुपर लिग फुटबलमा काठमाडौं रेजर्सले एफसी चितवनमाथि २-१ गोलको रोमाञ्च जित निकाल्दै शीर्ष स्थानमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वर दशरथ रंगशालामा सम्पन्र खेलमा काठमाडौंको जितमा मेसौके ओलोमेउ र संजोक राईले गोल गरेका थिए । त्यस्तै यता चितवनका लागि राजिब लोप्चनले एक गोल फर्काए । यी सबै गोल पहिलो हाफमै सम्पन्र भएको हो । उक्त जित सँगै ६ खेलबाट १३ अंक जोडेको काठमाडौं शीर्ष स्थानमा रहेको छ , भने अब काठमाडौंले प्ले आफमा धनगढीको सामना गर्न छ ।
धनगढीको ६ खेलबाट १० अंक रहेको छ । यता पराजित चितवनको भने ६ खेलबाट २ अंक बनाउँदै प्रतियोगिताको पुछारमा रहदै बाहिरिएको छ ।