काठमाण्डौ। नेपाली क्रिकेटर कुशल भुर्तेल अहिल विश्व क्रिकेटमा चर्चा पाएका खेलाडी रहेका छन् । उनी नेपाललाई घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाउने खेलाडी हुन् ।नेपाली युवा ओपनर ब्याट्सम्यान भुर्तेल अन्तर्राष्ट्रिय क्रीकेट काउन्सिल (आइसिसी)को अप्रील महिनाको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा परेका छन ।
छोटो समयमा ठूलो सफलता पाएका उनले डेब्यू खेलमा नै गरेको प्रदर्शनले आईसीसीको नजरमा पर्न सफल भएका हुन् । उनी पाकिस्तानका कप्तान बाबर अजाम र ओपनर फखर जमानसँगै मनोनयनमा परेका हुन।
कुशलले गत महिना नेपालमा सप्पन्न नेपाल,नेदरल्यान्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिजमा डेब्यु गरेका थिए।कुशलले खेलेका ५ मध्य ४ खेलमा अर्धशतक प्रहार गरेका थिए ।
सिरिजमा कुशलले २७८ रन बनाउदै प्लेयर अफ द सिरिज भएका थिए।कुशलले पहिलो खेलमा नेदरल्यान्ड्ससँग डेब्यू गर्दै ६२ रन बनाएका थिए ।
दोस्रो खेलमा मलेसियासँग ६१ रनमा अविजित हुँदा नेदरल्यान्ड्ससँग ६२ रनमा आउट भएका थिए । मलेसियासँग १६ रनमा आउट हुँदा फाइनलमा ७७ रन बनाएका थिए ।
कुशल सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने टि२० आईमा पहिलो खेलाडी समेत हुन । यस्तै पाकिस्तानका बाबर आजमले दक्षिण अफ्रीका विरुद्ध एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै २२८ रन बनाएका थिए ।
समर्थक र जर्ज प्यानलको मतका आधारमा उत्कृष्ट खेलाडीको छनोट गरिनेछ। यसको परिणाम सोमबार सार्वजनिक हुनेछ।