बैशाख २७, २०७८ सोमबार

एजेन्सी । इटालियन सिरी ए फुटबलमा सविको बिजेता टोली युभेन्टस एसी मिलानसँग पराजित भएको छ । आइतबार राति आफ्नै घरेलु मैदानमा युभेन्टस मिलानसँग ३–० गोलले पराजित भएको हो ।

पाहुना टोली मिलानलाई जिताउन ब्राहिम डियाज, एन्टे रेबिक र फिकायो टोमोरीले समान १/१ गोल गरे । पहिलो हाफको खेलको इन्ज्युरी समयमा डियाजले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै दोस्रो हाफको ५८औं मिनेटमा मिलानले पेनाल्टी पाएको थियो, जसमा फ्रान्क केसीको प्रहार असफल बनेको थियो । ७८औं मिनेटमा रेबिकले गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए ।

त्यस पछि खेलको ८२औँ मिनेटमा टोमोरीले गोल गर्दे मिलानलाई ३–० गोलको शानदार जित दिलाए । यक्त हार सँगै घरेलु टोली युभेन्टस पाँचौँ स्थानमा खस्किएको छ। यता मिलान भने तेस्रो स्थानमा उक्लिएको छ । उसले ३५ खेलमा ७२ अङ्क जोडेको छ । युभेन्टससँग ६९ अङ्क छ । यस पटक युभेन्टसलाई च्याम्पियन्स लिगमा छनोट हुन सकस परिरहेको छ ।