फागुन ११, २०७७ मंगलबार


काठमान्डौ।
पाकिस्तानी सुपर लिग जारी रहदा खेलाडीहरुले विभिन्न कारणले लिग बिचमा नै छोडी रहेका छन् । हिजो मात्र लिगबाट लाहो क्वालेन्दरका लेग स्पिनर रसीद खान तथा क्वेटा ग्लाडियटर्सका क्रिस गेलले लिग बिचमा नै छोडेको अवस्थामा टिमहरुले उनीहरुको ठाउँ लिने खेलाडीहरुको बारे जानकारी नगराई सकेको अवस्थामा लाहोरका रसीद खानको स्थानमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने अनुबन्धन हुने अनुमान गरिएको छ ।


लाहोरलाई २०१८ को चौथौ पिएसएलमा प्रतिनिधित्व गरिसकेका लामिछानेको बारेमा टिम व्यस्थापन पनि जानकार रहेको तथा यस समयमा नेपाली क्रिकेटको कार्यतालिका पनि नरहेका कारण सन्दिपको सम्भावना पिएसएलको यस सिजनमा रहेको छ ।