बैशाख २७, २०७८ सोमबार

भर्खरै मात्र भारतिय कप्तान विराट कोहोलीबाट विश्वको एकदिवसिय ब्याट्सम्यानको शिर्ष स्थानमा उक्लिएका पाकीस्तानी कप्तान बाबर अजामले आईसिसिले प्रदान गर्ने अप्रिल महिनाको उत्कृष्ट खेलाडीको रुपमा बिभुषित हुदा केहि साता अघि मात्र राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेका नेपाली टिमका ओपनर कुशल भुर्तेल र पाकिस्तानी टिमका खेलाडी फकर जमान पछि परेका हुन्।  

अघिल्लो महिना नेपालसहित मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रीदेशीय प्रतियोगिता नेपालले जित्दा कुशल म्यान अफ द सिरिज बनेका थिए । डेब्यू प्रतियोगिताको पाँच खेलमा उनले चार अर्धशतक प्रहार गरे । डेब्यूसँगै लगातार तीन अर्धशतक प्रहार गर्ने कीर्तिमानसमेत बनाएका थिए ।

त्यस्तै महिलातर्फ अस्ट्रेलियाली क्रिकेटर एसिला हेले अप्रिल महिनाको उत्कृष्ट खेलाडी चुनिएकी छन् ।