बैशाख २७, २०७८ सोमबार

काठमाण्डौ।  नेपालमा लोकप्रिय तथा चर्चित खेलका रूपमा भलिबलवाई लिन हिचकिचाहट हुन्न ।  अन्तर्राष्ट्रिय स्तरमा सिमित अवसरका बाबजुत अन्य केहि खेलमा जस्तो खेल प्रगति तथा माथिल्लो स्थानमा यात्रा गर्न  असक्षमताका बाबजुत पनि नेपाली घरेलु जगतमा भने यस खेलको स्थान विशिष्ट किसिमको रहेको छ ।

 नेपालको भौगोलिक अवस्था अनुसार जुनसुकै स्थान पनि सहजै खेल्न सकिने भएकाले तथा नेपाल सरकारबाटै नेपालको राष्ट्रिय खेलको मान्यता प्राप्त गरे पछि यो खेलको लोकप्रियता नेपालमा दिन प्रतिदिन  बढ्दोक्रममा रहेको छ । भलिबल हाल नेपालको राष्ट्रिय खेल हो तर विडम्बना यसको उचित विकास हुन सकिरहेको छैन। 

नेपाली भलिबलले राज्यबाट प्राप्त सिमित अवसरका बाबजुत अन्तराष्ट्रिय मन्चहरुमा जुन किसिमको उपलब्धीको यस खेल हकदार बनेको छ त्यसलाई सम्मान गर्नु पर्ने नै छ। 

सुरुवाती समयमा यसलाई केवल मनोरन्जनको विषयको रुपमा लिएर यसमा आबद्ध भएकाहरुको सुची बनाउने हो भने एउटा पुस्तक बन्ने नामावली उपलब्ध गर्न सकिन्छ। 

केही बर्षको अबधीलाई आधार मान्दा भलिबल खेललाई एक व्यवसायिक क्षेत्रका रुपले लिनेहरुको संख्यामा बढोत्तरी भईरहेको छ।

अन्य केही खेलमा जस्तो तल्लो तहबाट नै प्रतिभा पहिचान गर्ने कार्यक्रमको यस खेललाई अति नै आवश्यक बनिसकेको छ। विभिन्न उमेर समुहलाई उचित  प्रशिक्षण दिइ उमेर समुहको टोलीको प्रतियोगिताहरु निरन्तर सन्चालन गराउनु पर्छ ।यदि यसरी अघि बढ्न नसकेमा दुई चार वर्ष पछि नेपाली महिला तथा पुरुष दुवैको लागि प्रतिभावान्  खेलाडीको अभाव हुन जान्छ फलस्वरुप त्यसबाट नतिजामा नराम्रो प्रभाव पार्दछ।  

 

 विगत लामो समयबाट भलिबललाई नजिकबाट नियाली रहेको म कुनै पनि घरेलु प्रतियोगिताहरुमा उदयमान प्रतिभालाई देख्न पाईरहेको छैन।प्राय: जिल्ला, प्रदेश स्तरीय घरेलु प्रतियोगिताहरुमा पनि एउटै खेलाडीहरु देखिरहेका छन । कतिपय जिल्लामा त भलिबल संघका पदाधीकारीहरु नै विभिन्न प्रतियोगिताहरुमा खेलाडी बनि रहेको छन्। 

 

के यो उचित हो त ? के नयाँ पुस्ताहरुलाई अवसर दिनु पर्दैनन् ? पदाधीकारीको काम नीति नियम बनाई नयाँ प्रतिभालाई मैदान उतार्ने कि आफै जाने?

यि र यस्ता कयौं प्रश्नको जवाफको खोजीमा हाम्रो भलिबल रुमल्लिरहेको छ। 

 

नेपालको राष्ट्रिय खेल भलिबल भए सगै यसको लोकप्रियता बढ्दै छ तर नया पुस्ताको मनमा भलिबल समेट्न सकिएन भने आफैमा यसको  लोकप्रियता लोभ हुने निश्चित छ । यस बिचमा विभिन्न कमि कमजोरीहरु भए होलान् । आशा गरौं विगतमा भएको कमि कमजोरी हटाउदै नेपाल भलिबल सघंले नयाँ र उचित  नीति तथा कार्यक्रम सहित भलिबलको विकासको गर्ने छ र कागजी रुपमा मात्र सिमित नरहि यसले राष्ट्रको गौरव बढाई राष्ट्रिय खेल रहने छ।

 

नेपाली भलिबलको हालको स्थिति देख्दा यसले चाहेको र मागेको लगानी पाउन सकेको छैन त्यो पुर्वाधारमा होस् या खेलाडीका उपर।