माघ १६, २०७९ सोमबार

फाइल तस्विर

१६ माघ, काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेर एक लाख छ हजार तीन सय पुगेको छ । तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ सय कायम भएको छ ।

अघिल्लो दिनको एक लाख पाँच हजार पाँच सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार जनाएको छ ।