१६ माघ, काठमाडौँ। नेशनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा ७३ लाख ६१ हजार रुपैयाँ नाफामा छ ।
यो नाफा गत वर्षको भन्दा १३.८८ प्रतिशले थोरै हो । गत वर्षको यसै अवधिसम्ममा कम्पनीले ८५ लाख ४९ हजार रुपैयाँ रुपैयाँ नाफा आर्जन गरेको थियो । यता, विद्युत् बिक्रीबाट हुने आम्दानी भने ०.६८ प्रतिशतले बढेर ५ करोड ५८ लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ५ करोड ५५ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी १ अर्ब ६४ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड १२ लाख ८ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ८० पैसा रहेको छ ।
यस्तो छ कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः
