माघ १७, २०७९ मंगलबार

१७ माघ काठमाडौँ। आज नेपाल राष्ट्र बैंकले माघ १७ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ १० पैसा र बिक्री दर १३० रुपैयाँ ७० पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ९४ पैसा र बिक्री दर १४२ रुपैयाँ ५९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५१ पैसा र बिक्री दर १६२ रुपैयाँ २५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५२ पैसा र बिक्री दर ३५ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।