माघ १७, २०७९ मंगलबार

१७ माघ काठमाडौँ। नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

दुई लघुवित्तबीच १००ः८७ को स्वापमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको थियो । प्रारम्भिक सम्झौतामा साना किसान विकास लघुवित्तका अध्यक्ष खेमबहादुर पाठक र आरमएडिसीका अध्यक्ष सुजता जोशीले हस्ताक्षर गर्नुभएको छ ।