बैशाख २८, २०७८ मंगलबार

आज सुनको मुल्य बढ्दा चादीको मुल्यमा भने सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज तेजाबी सुन ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

तर, यता चाँदीको मूल्यमा भने गत सोमबारको तुलनामा सामान्य गिरावट आएको महासंघले जनाएको छ । महासंघका अनुसार गत सोमबार प्रति तोला एक हजार ३६० रुपैयाँ पुगेको चाँदीको मूल्य मंगलबार प्रति तोला एक हजार ३४५ रुपैयाँमा झरेको हो ।