माघ १८, २०७९ बुधबार

१८ माघ काठमाडौँ। १३ बुँदे निर्णय पारित गरेर नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक सकिएको छ । सात जना केन्द्रीय सदस्यको बहिष्कार र तनावकाबीच हिजो मङ्गलवार र आज बुधवार पोखरामा बसेको बोर्ड बैठकले विभिन्न १३ वटा निर्णय गरेको हो ।

बैठकले २०२३ को केन्द्रीय सम्झौता वर्गीकरण सार्वजनिक गरेको छ । पुरुषतर्फ 'ए' श्रेणीमा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख परेका छन् । यस्तै आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल 'बी' श्रेणीमा परेका छन् । कमल ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउद, अविनाश बोहरा, ललित राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव 'सी' श्रेणीमा रहेका छन् ।

महिलातर्फ रुबिना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा 'ए' श्रेणीमा परेका छन् । यस्तै काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य 'बी' श्रेणीमा र कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम 'सी' श्रेणीमा परेका छन् ।

यस्ता छन् निर्णय–