बैशाख २९, २०७८ बुधबार

काठमाण्डौ। कोरोना महामारीका कारण बिचमै स्थगित पाकिस्तानी सुपर लिग(पिएसएल) मा लाहोर कलन्दर्सले अफगानस्तानका बलर रशिद खानको स्थानमा टिममा अनुबन्ध गरेको बंगलादेशी अलराउन्डर शाकिब अल हसनले बाकी पिएसएल पनि नखेल्ने भएका छन् ।

यहि आउदो जुन १ बाट बाकी पिएसएल हुने भनिएतापनि सोहि समयमा बंगलादेशमा ढाका प्रिमियर लिग हुने कारण शाकिब सहित अन्य बंगलादेशी खेलाडी पनि यस लिगमा उपलब्ध नहुने भएका छन्। 

लाहोरले यस अघि नेपाली लेगस्पिनर सन्दिप लामिछानेलाई खानको स्थानमा समाबेश गरे तापनि उनले एक खेल पनि नखेलि प्रतियोगिता स्थगित भएको थियो। 

हाल नेपाल सरकारले कोरोनाको दोस्रो लहरलाई हेरि यात्रा प्रतिबन्ध लगाएका कारण सन्दिपको सम्भावना भने असम्भव प्राय: जस्तो छ। 

तर पनि लाहोरले सन्दिपको माग भने अवश्य नै गर्ने छ।