फागुन ११, २०७७ मंगलबार


काठमाडौं । 
श्रीलंकाका पुर्वओपनर तथा पुर्व कप्तान रहेका  उपुल थरंगाले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।ब्याट्सम्यान थरंगाले मंगलबार १५ वर्षे अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । उनी २०१७ मा कप्तान बनेका थिए ।

३६ वर्षीय थरंगाले श्रीलंकाको लागि ३१ टेष्ट, २ सय ३५ एकदिवसीय र २६ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।दउनले श्रीलंकाका लागि कुल दुई सय बयाननब्बे खेलमा ९ हजार १ सय १२ रन बनाउँदा १८ शतक बनाएका थिए ।

पूर्व कप्तान समेत रहेका थरंगाले   श्रीलंकाका लागि अन्तिम खेल २०१९ को मार्चमा खेलेका थिए।

थरंगा नेपालमा आयोजना हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि गत वर्ष नेपाल आउने तय भएको थियो ।उनलाई ललितपुर प्याट्रियट्सले टिममा अनुबन्ध गरेको थियो तर, कोरोना महामारीको कारण ईपीएलको चौंथो संस्करण आयोजना भएन ।