बैशाख २९, २०७८ बुधबार

काठमाण्डौ। अगस्ट २८ बाट सेन्ट किट्स एण्ड नेभिसमा आयोजना हुने यस संस्करणको क्यारेवियन प्रिमियर लिग(सिपिएल)को साबिकको बिजेता ट्रिन्बागो नाईटराईटर्सले आफ्ना १३ खेलाडीका लागि यस बर्षको सिपिएलका लागि रिटेन गरेको केहि दिनमा गत बर्षको प्लेअफमा पुग्न सफल गुयना अमेजन वारियर्सले आफ्ना ११ खेलाडीलाई आउदो संस्करणका लागि रिटेन गरेको छ। 

रिटेन भएका खेलाडीहरु यसप्रकार रहेका छन्:

१)निकोलस पुरन

२)इम्रान ताहिर

३)सिमरन हिटमायर

४)ब्रान्डन किंग्स

५)नविन उल हक

६)रोमेरो सेफर्ड

७)चन्द्रपाउल हेमराज

८)ओडेन स्मिथ

९)एन्डोनी बारमबेली

१०)इभन सिक्चेलर

११)एजहेट निड

नेपाली लेगस्पिनर सन्दिप लामिछाने भने गत संस्करण जमैका तालाबाजमा अनुबन्धित भएकाले सोहि टोलीको रिटेन सुचीमा अटाउने अनुमान लगाउन सकिन्छ।