महेश सिंह
सिरहा /लहान २३ माघ। आठ महिना अगाडि वैदेशिक रोजगारीका लागी साउदी अरेबिया पुगेका सप्तरीका रुपनी गाउँपालिकाका बस्ने बुवा फुदीलाल चौधरी र आमा सुनिता देवी चौधरीकी २७ वर्षको जेठाे छोरा अभिनाश चौधरी लाई दाउदी स्थित ट्राफिक एकसिडेनट मृत्यु भएको थियोे।
घरको जेठो छोरा रहेको चौधरीले घर परिवार चलाउन जग्गा जनिन जोडन वैदेशिक रोजगारका लागी ८ महिना अगाडि साउदी अरेबिया पुगेका थिए।साउदी स्थित २०७९/४/ १५ गतेका दिन बिदेशमै मृत्यु भएको थियो।मृतक चौधरी गाउँकै स्कुलबाट एस.एल्सी. सम्म अध्ययन गरी बिदेश गरेका थिए।
इनटरनेशनल रिकुमेनट कम्पनीमा ८ महिना अगाडि बिदेश पुगेका थिए। मृतको बिमा अभिलेख नम्बर FE1000233036 भएको चौधरीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लहान शखाका प्रबन्धक उपेन्द्र नारायण महतोले मृतका बुबा चौधरीलाई क्रिया खर्च तथा अन्य खर्च वाप्त १लाख सब स्वदेशमा ल्याएको अधारमा १ लाख आय नोक्सानी वाप्त २ लाख बिमाङ्ग रकम १० लाख गरी जम्मा १४ लाखको चेक मृतकको बुवा फुदीलाई चौधरीलाई स्थानीय छिमेकी हजुरबुबा पर्ने अरबिन्द कुमार चौधरी र गोर्खा टेलिभिजन तथा नेपाल बिबिसीका पत्रकार महेश सिंहको रोहबरमा पुत्र शोकमा डुबेका चौधरीलाई हस्तान्तरण गरेका हुन्।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाले निरन्तर पीडित लाई खोजी खोजी मृत्यु दाबी भुक्तानी दिने गरेको छ्। इन्स्योरेन्सले पछिल्लो समय देखि हाल सम्म पत्रकारको रोहबरमा भुक्तानी दिने गरिएको प्रबन्धक उपेन्द्र नारायण महतोले बताए। प्रबन्धक महतो पुर्ण रूपमा धार्मिक ब्यक्तीको रूपमा चिनिएका हुन्।