माघ २३, २०७९ सोमबार

२३ माघ काठमाडौँ। आईएमई पे ले 'मन्थ अफ लभ अफर' ल्याएको छ । अफर अनुसार आईएमई पे एपमा कम्तीमा ३ वटा विभिन्न कारोबारको भुक्तानी गरेपछि पाँच जनाले सामसुङ स्मार्टफोन जित्ने सक्नेछन् । 

भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसैअनुसार गरिएको आईएमई पे ले जनाएको छ ।  अफर यहीँ फेब्रुवरी ३ बाट सुरु भइ २०२३ फेब्रुवरीभरि रहने छ । यस अफर अवधिको समाप्तिपछि आईएमई पेको आधिकारिक सामाजिक पेजमार्फत् विजेताहरुको घोषणा हुने कम्पनीले जनाएको छ । 

नेपाली नागरिकहरूलाई डिजिटल माध्यममा कारोबार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन अफर ल्याइएको कम्पनीले जनाएको छ ।