माघ २४, २०७९ मंगलबार

२४ माघ काठमाडौँ। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । यो सेसनमा नेप्से परिसुचक ०.५८ अंकले घटेर २१००.१२ विन्दुमा आएको छ ।

यससँगै ११ कम्पनीको ८५७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ६० हजार २७७ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने ६ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये माइक्रो फाइनान्समा सामान्य वृद्धि भएको छ भने ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।