बैशाख ३०, २०७८ बिहिबार

एजेन्सी।  सेमिफाईनलमा मोन्टेपिलेरलाई पराजित गर्दै साबिकको बिजेता पेरीस सेन्ट जर्मेन(पिएसजी) फ्रेन्च कप फुटबलको फाईनल प्रवेश गरेको छ  ।

गएराती  भएको यस सेमिफाइनल खेलमा मोन्टेपिलेरलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै पीएसजीले फाइनलमा स्थान बनायो ।

खेलको निर्धारीत समय दुई दुई गोलको बराबरीमा सकिएको थियो ।  पीएजीले खेलमा दुई पटक बनाएको अग्रतालाई जोगाउन सकेन । पिएजीका लागि दुवै गोल केलियन एम्बाप्पेले गरे भने बिपक्षी टोलीका लागि भने लार्बोडी र डेलोर्टले गोल गरे। 

त्यसपछि पेनाल्टीमा पुगेको खेलमा मोन्टेपिलेरका लागि जुनीयर साम्बियाले अवसर गुमाउँदा पीएसजीका लागि मोइसे कियनले विजयी गोल गरे । प्रतियोगिताको फाइनलमा पिएसजिले भिलिरेज वा मोनाको मध्य एकसँग खेल्नेछ ।