फागुन ११, २०७७ मंगलबार

धनगढी।
     चटकपुर स्पोर्ट्स क्लवको आयोजनामा हिजोबाट धनगढीको फाप्ला क्रीकेट मैदानमा सुरु भएको चटकपुर स्पोर्ट्स क्लव नेपाल-स्टेपिङ स्टोन-होलिल्याण्ड स्कुल सम्मीलित त्रीकोणात्मक टी-२० सिरिजको दोश्रो खेलमा अत्तरियाको होलिल्याण्ड स्कुलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप,  होलिल्याण्ड स्कुलले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षति १३५ रन बनाउन सक्यो।ब्याटिङतर्फ होलिल्याण्ड स्कुलका लागि दिपक टमटाले २९ बलमा सर्वाधिक ५९ अविजित रन बनाउदै सिरिजमा पहिलो अर्धशतक प्रहार गरेका छन।त्यस्तै,सुशील साउदले ३९ बलमा १९ रन,मनोज ओझाले १६ बलमा १८ रन तथा सागर लोथ्यालले २९ बलमा १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।बलिङतर्फ स्टेपिङ स्टोन स्कुलका लागि अभिषेक कुँवरले ४ ओभरमा १७ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल भए।
      १३६ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको स्टेपिङ स्टोनले निर्धारित २० ओभरको खेलमा १९.४ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्रै १०५ रन जोड्न सक्यो।ब्याटिङतर्फ स्टेपिङ स्टोनका लागि विशाल बिष्टले ४५ बलमा सर्वाधिक ५३ रनको महत्त्वपूर्ण अर्धशतकिय पारी खेल्दा अन्य खेलाडीले दोहोरो अंक छुन नसक्दा टिमले पराजय बेहोर्नुपरेको टिमका मुख्य प्रशिक्षक तथा यस सिरिजका व्यवस्थापक जगदीश जोशी ज्यूले बताउनुभयो।बलिङतर्फ, होलिल्याण्ड स्कुलका लागि कप्तान श्याम साउदले ४ ओभरमा १३ रन खर्चंदै सर्वाधिक ४ विकेट लिन सफल हुँदा अभिषेक कोइरालाले ४ ओभरमा १८ रन खर्चँदा राकेश महराले ३.४ ओभरमा २१ रन खर्चंदै समान २/२ विकेट लिन सफल भएका हुन।त्यस्तै, दिपक टमटाले १ ओभरमा ४ रन खर्चँदा जित साउदले  ४ ओभरमा १ मेडेनसहित १८ रन खर्चंदै समान १/१ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ जित दिलाउन सफल   भएका हुन।
     त्रीकोणात्मक टी-२० सिरिजको दोश्रो खेल अत्तरियाको होलिल्याण्ड स्कुलले ३० रनले जित्न सफल भएको छ।उक्त खेलको म्यान अफ दी म्याच होलिल्याण्ड स्कुलका दिपक टमटा घोषित हुन सफल भएका छन्।
     त्रीकोणात्मक टी-२० सिरिजको तेश्रो तथा फाइनल खेल भोलि बिहान ११ बजेदेखि चटकपुर स्पोर्ट्स क्लव र होलिल्याण्ड स्कुलबीच हुने सिरिज व्यवस्थापक जगदीश जोशीले बताउनुभएको छ।