बैशाख ३०, २०७८ बिहिबार

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्टसले सासुओलोमाथि सहज जित निकालेको छ । 

बिहिवार बिहान सम्पन्न खेलमा पाहुना टोली युभेन्टसले घरेलु टोली सासुओलोलाई ३-१ गोलले हराएको हो ।

युभेन्टसको जितमा एड्रियन राबिओट, क्रिस्टियानो रोनाल्डो र पाउलो डेबालाले समान १/१ गोल गरे । यता घरेलु टोली सासुओलोका जियाकोमो रस्पाडोरीले एक गोल गरे ।

जारी खेलको २८औँ मिनेटमा राबिओटले गोल गर्दैै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४५औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसको अग्रता २-० गोलको बनाए ।

५९औँ मिनेटमा रस्पाडोरीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर ६६औँ मिनेटमा डेबालाले गोल गर्दै युभेन्टसलाई ३-१ गोलले जिताए ।

यस्तो उक्त खेलमा यसैगरी पोर्चुगिच सुपर स्टार र अर्जेन्टिनी स्टारले समान १/१ गोल गरेका रोनाल्डो र डेबालाले युभेन्टसका लागि १०० गोलको आँकडा पूरा गरेका छन् । दुवै खेलाडीले सबै प्रतियोगिता गरी युभेन्टसका लागि १०० गोल पूरा गरे नयाँ क्रीर्तिमान कायम गरेका हुन् ।

उक्त जितसँगै पाँचौँ स्थानको युभेन्टसले ३६ खेलमा ७२ अङ्क जोडेको छ । यता सासुओलोको भने ५६ अङ्कसहित आठौँ स्थानमा छ ।