बैशाख ३०, २०७८ बिहिबार

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच बढ्दो तनाव  प्रति नेपाल सरकारले चिन्ता व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी एक ट्विट मार्फत दुवै पक्षलाई  शान्तिपूर्ण रुपमा समस्याको समाधान गरी थप जनधनको क्षति रोक्न अपिल गरेको छ ।इजरायली सेना र हमासको बीच सोमबार देखी गाजा पट्टीमा हिंसा सुरु भए यता कम्तीमा ६५ प्यालेस्टाइनी  र सात इजरायलीको मृत्यु भइसकेको छ ।