माघ २९, २०७९ आइतबार

२९ माघ काठमाडौं।  प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा ओरालो लागेको छ। नेप्से परिसूचकमा १.४४ अंकले ओरालो लागेर २१७१.१२ विन्दुमा आएको छ।

यससँगै ४५ कम्पनीको ६ हजार ५५६ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ३० लाख लाख २६ हजार ९६९ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने २८ कम्पनी घटेको छ। ४ कम्पनी स्थिर रहेको छ।

१३ उपसूचकहरू मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीमा ओरालो लागेको छ। बाँकी २ कम्पनीमा भने कुनै पनि परिवर्तन आएको छैन।