फागुन १२, २०७७ बुधबार

भारत र इंग्ल्यान्डबीचको ४ खेलको टेस्ट शृखंला अन्तर्गतको तेस्रो खेल आजबाट सुरुहुदै छ। डे नाईट टेस्टका रुपमा खेलिने तेस्रो टेस्ट खेल दर्शक क्षमताका आधारमा विश्वमा नै सबैभन्दा ठुलो स्टेडियममा नेपाली समयानुसार दिउसो २ बजेर ४५ मिनेटमा सुरु हुदै छ। शृखंला १-१ को बराबरीमा रहदा घरेलु टोली भारत यस स्टेडियमको औपचारिक सुरुवात जित सॅंगै गर्न चाहन्छ।  उता इंग्ल्याण्ड भने यो खेल जितेर विश्व टेस्ट च्याम्पियन सिपमा आफ्नो आशा जिवित राख्न चाहान्छ ।

न्युजिल्यान्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो टोली बनि सकेकोमा अर्को टोलीको निर्णय यस शृखंला पश्चात तय हुने छ । लर्ड्समा आगामी जुनमा हुने उक्त फाइनलमा अव भारत, इंग्ल्यान्ड र अष्ट्रेलिया मध्य एक टोली पुग्ने छन् ।

भारत फाइनलमा पुग्न यस सिरिज ३–१ वा २–१ को अन्तरले जित्नुपर्छ । इंग्ल्यान्डलाई फाइनमा पुग्न बाँकी दुई खेल जित्नुपर्ने हुन्छ । यदि यस सिरिज १–१, २–२ र १–२ को अवस्थामा सकिँएमा अष्ट्रेलिया फाइनलमा पुग्ने छ ।

पहिलो टेष्टमा इंग्ल्यान्डमा २ सय २७ रन विजयी र दोस्रोमा ३ सय १७ रनले पराजित भएको थियो ।

दुवै टोलीको सम्भावित अन्तिम ११

इंग्ल्याण्ड

रोय वर्न,डोम सिब्ले,जोनी वेयस्ट्रो,जोय रुट(कप्तान),वेन स्टोक,वेन फोकेस(विकेट किपर),ओली पोपे,क्रिस वक्स,जोफ्रा आर्चर,ज्याक लिच र जिम्मि एन्डरसन

भारत

रोहित शर्मा,सुभमन गिल,विराट कोहली(कप्तान),चेतेश्वर पुजारा,अजिकां राहाने रिषभ पन्त(विकेट किपर),रभिचन्द्रन आश्विन,अक्सर पटेल,कुलदिप यादव,ईशान्त शर्मा र जसप्रित बुमराह

कस्तो छ त डे नाईट टेस्टको अनुभव

बंगलादेश विरुद्ध २०१९ मा पहिलो डे नाईट टेस्ट खेलेको भारतले हाल सम्म २ डे नाईट टेस्ट खेलेको छ । एक खेलमा जित र अर्कोमा पराजित भारतले आज तेस्रो डे नाईट टेस्ट खेल्दैछ ।

इंग्ल्याण्डले २०१७ मा वेस्टईन्डिज विरुद्ध पहिलो डे नाईट टेस्ट खेल्दै उक्त खेल जितेको मा  त्यस पछि न्युजिल्याण्ड र अस्ट्रेलिया सॅंग उनकै घरमा पराजित भएको थियो ।