काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा आज दुई छिमेकी शहरी टोली ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सबीच एलिमिनेटर खेलमा प्रतिस्पर्धा गर्दैछन्
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझा ५ः३० बजेबाट सुरु हुने खेलको बिजेता टोली फइनल प्रवेश गर्नछ । यसअघि काठमाडौंले प्लेअफको पहिलो खेलमा धनगढी सँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल खेल्ने अर्को अवसर पाएको हो । यस्तै ललितपुरले प्ले अफको दोस्रो खेलमा बुटवल लुम्विनीलाई १–० ले हराउँदै एलिमिनेटरमा स्थान बनाउन सफल भएको थियो ।
यस खेलमा बिजेता टोलीले १ जेठमा हुने फइनल खेलमा धनगढी एफसीको सामना गर्नेछ । त्यस्तै ललितपुरले दोस्रो प्ले अफ खेलेको २४ घन्टा नबित्दै अर्को खेल खेल्न लागेको हो । यता काठमाडौंले भने एक दिन भने पनि विश्राम पाएको छ ।